

विराटनगर । शनिबार दिउँसो सिमसिम पानी परिरहेको थियोे । आकाश धुम्म थियो । विराटनगरको मुनालपथ पश्चिमको खेतमा ट्रयाक्टरले खेत जोती रहेको थियो । सबै आफ्नो काममा ब्यस्त थिए ।
विराटनगरको डिपिएस स्कूल छेउ नजिकै स्कूलको होस्टल छ । होस्टल नजिकै पुग्न खनिएको बाटो पनि हिलो हिडडुल गर्न असहज छ । तर त्यहि बाटो भने लागूऔषध प्रयोगकर्ताका लागि भने उपयुक्त स्थल बनेको आभाष हुन्थ्यो । दिउँसो २ बजेको समय पाँचजनाको एक समूह त्यहि बाटो हुँदै सुनसान स्थानमा आए । पाँच मध्ये एकजनासँग मात्र आड्ने छाता थियो । बाँकी सबै पानीमा भिजिरहेका थिए ।
निक्कै परबाट देखिने त्यो दृश्य बडो गज्जबको थियो । उनीहरु कुनै काम बिशेषले त्यहाँ पुगेका भने थिएनन् । उनीहरु कृषकपनि थिएनन् । एउटै छातामा ओत लाग्दै उनीहरु निक्कै बरे त्यहाँ बसे । कोही बोतममा लगेको पानी खाँदै थिए भने कोही आगो सल्काउँदै थिए । अन्दाजी करिब आधा घण्टा बिताएका उनीहरुले गुजुमुट्ट भएर बसेका थिए । टाढाबाटै धुँवा उडेको मधुर तवरले देखिन्थ्यो । उनीहरु एकसाथ जसरी आएका थिए, त्यसरी नै आफ्नो काम तमाम गरेर लहरै फर्किएका थिए । उनीहरु करिब २५ बर्ष मुनि कै युवाहरु थिए ।
त्यसको एक एक घण्टा पनि बित्न पाएको थिएन् । उसैगरि तीनजना युवा फेरि सोही स्थानमा आए । उनीहरु पनि करिब आधा घण्टा त्यहाँ बसे । योजना अनुसार नै धुँवाको मुस्लो उडाए अनि उसैगरि फर्किए । सुनसान त्यो एकान्त स्थानमा आएर त्यसरी आउजाँउ गर्नुका कारण उनीहरु कुनै काम बिशेष थिएन । त्यो धानबारीमा उनीहरु आउनुको प्रमुख कारण गाँजा सेवन नै भएको सहजै अनुमान लगाउन सकिनथ्यो । किनकी त्यहाँ अन्य कोही जाने कुरै थिएन । प्रहरी त पुग्ने कुरै भएन ।