News flash

विराटपथ

शनिबार, आषाढ २७, २०७७

विराटनगर । विराटनगरमा हरेक बर्ष सञ्चालन हुने राधाकृष्ण रथयात्रा यो भने रोकिने भएको छ । रथयात्राको इतिहासमा पहिलो पल्ट रथयात्रालाई स्थगन गर्न लागिएको हो । राधाकृष्ण रथयात्रा सञ्चालक समितिका अध्यक्ष बाबुराजा ओझाले ८५ बर्षपछि रथयात्रा स्थगन गर्न लागिएको जानकारी दिए ।
‘यसको धार्मिक महत्व र प्रक्रियालाई भने हामी जसरी भएपनि जोगाउँछौ । अघिल्लो बर्ष जस्तो रथयात्रा यो बर्ष भने हुदैन । तर केही प्रक्रिया भने जसरी भएपनि गछौ ।’ अध्यक्ष ओझाले विराटपथसँग भने, ‘किनभने यसको आफ्नै महत्व र परम्परा छ ।’ कोभिड–१९ संक्रमण जोखिमको कारण देखाउँदै श्रीराधाकृष्ण रथयात्रा सञ्चालक समितिले रथयात्रा स्थगन गर्ने समितिले रथयात्रा रोक्ने निर्णय गरेको हो ।
समितिले शनिबार पत्रकार सम्मेलन गरि साउन १५ देखि २७ गतेसम्म हुने झुलन महोत्सव तथा २८ गते हुने रथयात्राको कार्यक्रम नगर्ने निर्णय गरेको हो । समितिले यो पल्टको रथयात्रा भने कार्यसमितिले चुनेको समिति त्यसका पदाधिकारी र पण्डितहरुद्धारा आन्तरिक रुपमा आयोजना गर्ने निर्णय गरेको छ ।
ऐतिहासिक महत्व बोकेको राधाकृष्ण रथयात्रा विराटनगरमा बिक्रम संम्बत १९८८ सालदेखि खटयात्राबाट प्रारम्भ भएको थियो । २०२५ सालमा विशाल रथयात्रा बनाएर यसलाई बजार परिक्रममा गराउने प्रचलन रहँदै आएको छ । रथयात्रामा प्रत्येक वर्ष नेपाल र भारतका गरि पाँच लाख भक्तजन आउने अनुमान गरिदैं आएको थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल