News flash

विराटपथ

शनिबार, आषाढ २७, २०७७

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले संगठनले दिएको जिम्मेवारी पुरा गर्न सुनसरी आएको बताएका छन् । सरुवा भएर आएको दुई महिना पश्चात सुनसरी प्रहरीले गरेको पत्रकार सम्मेलनमा उनले शान्ति सुरक्षा कायम गर्ने बिषयमा कसैप्रति पूर्वाग्रह नराखिने प्रष्ट पारेका छन् ।
थापा सरुवा भएर आए लगतै प्रहरीले सुनसरीको कोशी गाँउपालिकाबाट कृष भनिने कृष्णकुमार यादवलाई पक्राउ गरेको थियो । प्रहरीले उनी कुख्यात अपराधी भएको दावी गरेपनि स्थानीयले भने सडकमा नै पत्रकार सम्मेलनको आयोजना गर्दै निर्दोष मानिसलाई पक्राउ गरेको आरोप लगाएका थिए । सोही सन्दर्भमा जिज्ञासा जवाफ दिर्दै एपसी थापाले भने,‘म कसैलाई नमस्कार गर्दै हजुर मलाई सुनसरी सरुवा गरिदिनुस् भन्दै आएको होइन, संगठनल जिम्मेवारी सुम्पिएर आएको हो । संगठनले दिएको जिम्मेवारी पुरा गर्ने मेरो दायित्व हो ।’
उनले प्रतिकुल समयमा समेत सुनसरी प्रहरीले ठोस कार्य गरेको जनाउँदै लागूऔषधको कारोबार नियन्त्रण आफ्नो पहिलो प्राथमिकता हुने जनाए । लागूऔषध बिरुद्ध स्वीप अपरेशन चलाइने बताउँदै सो अपरेशन मुलत लागुऔषधको ओसारपसार, नियन्त्रण, कारोबार र संजाल बिरुद्ध केन्द्रीत रहने जनाए । एसपी थापाले प्रहरी साझेदारी कार्यक्रम, घरदैलोमा प्रहरी तथा हरेक १५–१५ दिनमा हरेक स्थानीय तहमा प्रहरी–नागरिक सुनुवाई कार्यक्रमलाई सुचारु गरिने जानकारी दिए ।
थापाले स्थानीय तहसँगको समन्वयमा जिल्लाको मुख्य शहरहरुमा सिसिटिभीको जडान, जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवनमा अन्तराष्ट्रिय मापदण्ड बमोजिम नमूना हिरासत कक्षको निर्माण लगायतका कार्य पनि गर्ने जानकारी दिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल