News flash

विराटपथ

शुक्रबार, आषाढ २६, २०७७

विराटनगर । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले एक दर्जन भन्दा बढी श्रष्टाहरुलाई सम्मानित गर्ने भएको छ । प्राज्ञ खेम नेपालीको संयोजकत्वमा गठित मूल्याकंन समितिले सिफारिस गरेका आधारमा मन्त्रालयले असार २९ गते एक कार्यक्रमका बीच सम्मानित गर्न लागेको हो ।
मन्त्रालयले बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट इलामका श्रष्टा डा. नवलकिशोर राईलाई सम्मानित गर्ने भएको हो । सो सम्मानको राशी एकलाख रुपैया रहेको छ । अघिल्लो बर्ष यो सम्मान प्रा.डा. टंक न्यौपानेलाई प्रदान गरिएको थियो । यस्तै भाषा, साहित्य र कला बिधाबाट १२ जनालाई सम्मान गरिने भएको छ । सो सम्मानको राशी ५० ५० हजार रुपैयाको रहेको छ ।
८ सदस्यीय श्रष्टा मुल्यांकन सिफारिस कार्यदलले शुक्रबार सामाजिक विकास मन्त्री जीवन घिमिरलाई सम्मानित श्रष्टाहरुको नाम बुझाएको थियो । सम्मानित हुनेहरुमा ललितकला तर्फ अनुराधा थापा (मोरङ), साहित्यतर्फ उमानाथ घिमिरे‘सागर’ (धनकुटा), कविराज पोखरेल (मोरङ), मुनाराज शेर्मा (झापा), पञ्चकुमारी परियार (खोटाङ) र प्रेम ओझा (पाँचथर) रहेका छन् ।
त्यसैगरि साहित्यतर्फ नै शिवनारायण पण्डित‘सिंगल’ (सुनसरी), साहित्य र कला तर्फ डीवी किराँती (सोलुखुम्बु), रंगकलातर्फ कविता नेपाल (झापा), चलचित्रतर्फ केशव रायमाझी (मोरङ), नृत्यकलातर्फ मायाँ पौडेल (मोरङ), गीत÷संगीत तर्फ वीरध्वज शिवा (मोरङ),लाई सम्मानित गरिने भएको छ । मन्त्रालयले भाषा, साहित्य कला क्षेत्रमा विशिष्ट योगदान दिनेलाई गतवर्षदेखि सम्मान शुरु गरेको हो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल