News flash

विराटपथ

शुक्रबार, आषाढ २६, २०७७

विराटनगर । मोरङको ग्रामथान गाँउपालिका अन्तरगत झोराहाटमा शुक्रबार दुई पुरस्कारको घोषणा गरिएको छ । साहित्य क्षेत्रमा सक्रिय कवि गण्डकीपुत्र र समाजसेवी टीकाप्रसाद खतिवडाले छुट्टाछुट्टै पुरस्कारको घोषणा गरेका हुन ।
कवि गण्डकीपुत्रले आफ्ना मातापिताको नाउँमा पाँचलाख अक्षयकोष खडा गरि धनलक्ष्मी यसोदा वाङ्ममय पुरस्कारको घोषणा गरेका हुन । २५ हजार राशी भएको सो पुरस्कार वार्षिक रूपमा प्रदान गरिनेछ । वाङ्ममयका क्षेत्रमा सक्रिय ब्याक्तित्वलाई दिइने सो पुरस्कार आगामी बर्षबाट प्रदान गरिनेछ ।
त्यसैगरि समाजसेवी टीकाप्रसाद खतिवडाले पनि आफ्ना मातापिताको नाममा पाँचलाखको अक्षयकोष निर्माण गरि वार्षिक रूपमा प्रदान रामप्रसाद कौशिला खतिवडा प्रतिभा पुरस्कार गर्ने घोषणा गरेका छन् । सो पुरस्कारको राशी पनि २५ हजार रुपैया रहेको छ । सो पुरस्कार साहित्य, शिक्षा वा अन्य क्षेत्रमा उर्जावान ब्याक्तित्वलाई प्रदान गरिनेछ ।
पुरस्कार घोषणा कार्यक्रम भाषाविद् प्रा.डा. टंक न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा साहित्यकार खेम नेपाली, प्रा.डा. भीम खतिवडा, मघु पोखरेल, टीका आत्रेय, बद्री भिखारी, मिश्र बैजयन्ती, लोचन रिजाल लगायतका साहित्यकारको उपस्थिति थियो । गोपीकृष्ण मणिकर्णिका सामूदायिक सेवा केन्द्र झोराहाटका अध्यक्ष प्रयाग न्यौपानेका अनुसार सेवा केन्द्रले पुरस्कार प्राप्त गर्ने ब्याक्तिको छनौट तथा निर्धारण गर्नेछ । ‘संस्थाले नै आगामी बर्षबाट पुरस्कार छनौट तथा अन्य प्रक्रिया सञ्चालन गर्नेछ । यसले हामीलाई थप उत्साह मिलेको छ ।’ अध्यक्ष न्यौपानेले विराटपथसँग भने ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल