News flash

विराटपथ

बिहिबार, आषाढ २५, २०७७

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा १४ जना कोरोना मुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार दुई महिला र १२ जना पुरुष कोरोना भाइरस मुक्त भएका हुन ।
मन्त्रालयका अनुसार पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट नौजना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीनजना र कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरबाट एकजना डिस्चार्ज भएर घर फर्केका हुन । यो संख्या सँगै प्रदेश १ मा कोरोना संक्रमण मुक्त हुनेको संख्या पाँचसय ४१ पुगेको छ ।
यसैगरि बिहीबार मात्र प्रदेश १ मा आज दुईजनामा कोरोना संक्रमण देखिएको छ । झापा र सुनसरीमा १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको शिवसताक्षीमा एक र सुनसरीको बर्जुमा एकजना पुरुषमा संक्रमण देखिएको हो । हालसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या सातसय चार पुगेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल