पूर्वी मोरङ विकासका नाममा प्राकृतिक दोहन
सुन्दरहरैचा । विकास गर्ने वाहनामा प्राकृतिक सम्पत्तिको दोहन हुन थालेपछि स्थानीयहरु आक्रोशित भएका छन् । विकासको नाममा स्थानीय जनप्रतिनिधिले नै प्राकृतिक दोहन गरेको आरोप लगाएपछि वन कार्यालयले समेत सक्रियता देखाएको छ । केही दिन अघि प्राकृतिक सम्पत्तिको दोहन हुन थालेको आवाज उठ्न थालेपछि सलकपुर सव डिभिजन वन कार्यालयले केही उपकरण र सवारी साधान नियन्त्रणमा लिएको छ ।
स्थानीयबासीको खबरपछि वन कार्यालयले चुरे क्षेत्रबाट अबैध रुपमा ढुंगागिट्टी उत्खन्न गर्दै गर्दाको अबस्थामा एक जेसिभि सहित, टिपर र ट्याक्टर नियन्त्रणमा लिएको हो । केरावारी गाँउपालिकाले सडक बिस्तार गर्ने नाममा सुकुना खोलाको मडुवा सिमा क्षेत्रको जंगलमा प्राकृतिक सम्पत्तिको दोहन गरेको स्थानीयको आरोप छ । वन कार्यालयका अनुसार सुकुना खोलाको मडुवा सिमा क्षेत्रको जंगल क्षेत्रबाट अवैध रुपमा गिट्टी उत्खन्न गर्दैर्दाको अबस्थामा सव डिभिजन वन कार्यालयले को १ क ३५११ नम्बरको जेसिवि, को १ ख ६०८४ नम्बरको टिपर, को १ त ७१२० नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
सव डिभिजन वन कार्यालयका प्रमुख लालबहादुर माझीका अनुसार उपकरण र सवारी साधानसहित पक्राउ परेका चालकलाई आबश्यक कारवाही गरिनेछ । केरावारी गाउपालीकाले आफ्नो सडक बिस्तार गर्ने नाममा सुन्दरहरैचा वाड नम्बर १० क्षेत्रमा बढि उत्खन्न गरेको र प्रहरीलाई जानकारी दिदा पनि प्रहरीले वेवास्ता गरेको पुर्व सांसद चन्द्र बहादुर बहादुर गुरुङले बताए । केरावारी गाँउपालिकाले बिकासका नाममा बिनास गर्न थालेको अवैध ढंगबाट प्राकृतिक सम्पत्तिको दोहन गर्नु र निश्चित नियम भन्दा बाहिर गएर काम गर्नु अमान्य भएको सुन्दरहरैचा कार्यपालिका सदस्य भक्त किरण राईको भनाई छ ।
प्राकृतिक सम्पत्तिको संरक्षण गर्ने जिम्मा पाएको स्थानिय सरकार नै दोहन गर्न अनि नियम कानुन मिच्न थाले पछि स्थानिय पनि आक्रोसित बनेका हुन ।