विराटनगर । भारतको युपीमा ८ जना प्रहरीको क्रुर तवरले हत्या गरेको आरोप लागेका ग्याङ्स्टार विकास दुवे पक्राउ परेका छन् । बिहिबार विहान उनी पक्राउ परेको भारतको युपी सरकारले पुष्टि गरेको छ ।
मध्यप्रदेशको उज्जैनस्थित महाकांल मन्दिरबाट पक्राउ परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मध्यप्रदेशका मुख्यसचिव अवनीश अबस्थीले उनी पक्राउको पुष्टि गरेका हुन । पक्राउ परेका उनलाई प्रहरीले प्रारम्भिक सोधपुछका लागि प्रहरी थानामा लगेको छ ।
दुवे ६ दिनदेखि फारर थिए । प्रहरीले उनलाई जिउँदै वा मृत फेला पार्नेलाई ५ लाख रुपैयाको इनाम राखेको थियो । पक्राउ परेका दुवेलाई कानपुर वा लखनउ कहाँ लैजाने टुंगो लागेको छैन् । उनी बिभिन्न आपराधिक कार्यमा संलग्न रहेको प्रहरीको भनाई छ । दुवेलाई पक्राउ गर्न गएको प्रहरी माथि आक्रमण गर्दा १ डिएसपी सहित ८ जना प्रहरीको हत्या गरिएको थियो ।