विराटनगर । नीजि क्षेत्रलाई प्रतिनिधित्व गर्ने बिभिन्न संस्थाले बिभिन्न माग राख्दै सरोकार सम्बद्ध निकायमा ज्ञापन पत्र बुझाएका छन् । प्रदेश नं १ उद्योग वाणिज्य महासंघ, मोरङ ब्यापार संघ, उद्योग संगठन मोरङ, विराट ब्यापार संघ लगायतका संस्था संघीय सरकार र प्रदेश सरकारका बिभिन्न निकायमा ज्ञापन पत्र बुझाएका हुन ।
सोमबारका उद्योग वाणिज्य तथा वस्तुगत संघका पदाधिकारीहरु सहितको समूहले लकडाउनका कारण उद्योग ब्यापार धरासायी भएको भन्दै बैंक ब्याज घटाउनु पर्ने तथा बैंकको किस्ता बुझाउने अवधि थप गर्नुपर्ने, साना, मझौला र ठूला सबै उद्योगहरुले सहज तवरले पुर्नकर्जाको ब्यवस्था गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो । उनीहरुले लकडाउन अवधिको वीमा प्रिमियम शुल्कमा छुट दिनुपर्ने, विद्युत डिमान्ड शुल्कमा छुट दिने नेपाल सरकारको निर्णय कार्यान्वयन गनुपर्ने, आयकर तथा राजस्व बुझाउन सर्वोच्च अदालतले गरेको निर्णय कार्यान्वयन गनुपर्ने लगायतका मागहरु समेत राखेका छन् ।
व्यापार संघका अध्यक्ष प्रकाश मून्दडा, उद्योग संगठनका अध्यक्ष भीम घिमिरे, विराट व्यापार संघका अध्यक्ष सुजन थापा लगायत जिल्ला र प्रदेशभरका विभिन्न उद्योग वाणिज्य संघ एवं वस्तुगत संघका पदाधिकारी सहभागी टोलीले नेपाल राष्ट्र बैंक, नेपाल विद्युत प्राधिकरण र राष्ट्रिय वीमा समिति लगायतको निकायमा ज्ञापन पत्र बुझाएको थियो ।