प्रदेश सरकारले सडक आश्रितका लागि मानव सेवा आश्रम निर्माण गर्ने

Logo
सोमबार, आषाढ २२, २०७७

विराटनगर । सडक आश्रित लगायतका मानिसहरुका लागि प्रदेश १ सरकारले मानव सेवा आश्रम निर्माण गर्ने भएको छ । प्रदेश सरकारले निर्माण गर्ने सो आश्रम वेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावक नभएकाका लाई लक्षित गरिएको छ । सरकारले मोरङको ग्रामथान गाँउपालिका – ७ को १० विगाहा १४ कठ्ठा जमीनमा सेवा आश्रम निर्माणको तयारी थालेको हो ।
आश्रममा मानिसको उद्धार गरि औषधी, पालनपोषण, पारिवारिक पुर्नमिलन लगायतको सेवा प्रदान हुनेछ । प्रदेश सरकारले सेवा आश्रमका लागि आगामी आर्थिक वर्षमा एक करोड वजेट बिनियोजन गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । चालु आर्थिक वर्ष भित्रमा नै निर्माण कार्यको थालनी गर्ने गरि मन्त्रालयले सम्बन्धित संस्थाहरुसँगको छलफललाई अघि बढाएको छ ।
सडक आश्रित मानवहरुको उद्धार कार्यमा अहिले मानव सेवा आश्रमले कार्य गरिरहेका छ । सो संस्था लगायतका अन्य सहयोगी संस्थाहरुसँग मन्त्रालयले छलफल अघि बढाएको मन्त्री घिमिरेले विराटपथलाई बताए । प्रदेश १ मा सडक आश्रितहरुलाई उद्धार गरि सार्वजनिक सडक मानवमुक्त बनाउने अभियानमा सरकार अघि बढेको मन्त्री घिमिरेको भनाई रहेको छ । आगामी तीन वर्षभित्रमा सुविधा सम्पन्न सेवा आश्रम निर्माण गर्ने लक्ष्य सरकारको रहेको छ ।
प्रदेश १ मा मानव सेवा आश्रमले सडक आश्रित ५० जनालाई उद्धार गरिसकेको छ । सामाजिक विकास मन्त्रालय, स्थानीय तहहसँगको सहकार्यमा सडकबाट उद्धार गरि मानव सेवा आश्रममा ल्याईएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । अधिकारीले कास्कीको पोखरामा प्रदेश सरकारसँगको सहकार्यमा तीनसय क्षमताको सुविधा सम्पन्न मानव सेवा आश्रम निर्माण कार्य शुरु भएको बताए ।
मानव सेवा आश्रमले ७ वटै प्रदेशमा १९ वटा केन्द्र मार्फत सेवा दिईरहेको उनले जानकारी दिदै देशभरमा अहिले सम्म एक हजार दुईसयलाई सेवा प्रदान गरेको बताए । सडक आश्रित मानवहरुका लागि प्रदेश सरकारले मानव सेवा आश्रम निर्माण गर्नु राम्रो पक्ष भएको अधिकारकर्मी मञ्जिता उपाध्यायले बताइन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]