News flash

विराटपथ

मंगलबार, आषाढ १६, २०७७

विराटनगर । प्रदेश १ सरकारले प्रदेश स्तरिय ल्याब स्थापना गर्ने निर्णय गरेको छ । प्रदेश १ मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले प्रदेश स्तरको ल्याब स्थापना गर्न सामाजिक विकास मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सो ल्याबले स्वास्थ्य सम्बन्धी कार्य गर्नेछ । सो ल्याब प्रदेशको केन्द्रीय ल्याबको रुपमा समेत रहने बताइएको छ ।
मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री एंव सरकारका प्रवक्ता हिक्मत कार्कीले प्रदेश सेवाका कर्मचारी पदस्थापन तथा सरुवा सम्बन्धी कार्यबिधि २०७६ लाई दोश्रो संशोधन गर्न बनेको कार्यबिधि स्वीकृत गरेको छ । त्यस्तै प्रदेश प्रहरी सम्बन्धमा बनेको बिधयेक २०७७ लाई प्रदेशसभामा पेश गर्नलाई अनुमति प्रदान गरेको छ ।
प्रदेश सवारी तथा यातायत ब्यवस्था गर्न बनेको ऐन २०७६ लाई शंसोधन गर्न बनेको बिधयेकलाई स्वीकृति प्रदान गर्ने मन्त्रपरिषद्ले निर्णय गरेको छ । यस्तै उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाललाई क्वालिटी ल्याब सञ्चालन गर्न अनुमति सँगै सहयोग समेत गर्ने निर्णय गरेको मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल